नेभिगेशन
समाचार

कागेश्वरी मनाेहरामा पनि नेकपा एमालेको अग्रता कायम

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनाेहरा नगरपालिकामा नेकपा एमालेलेको अग्रता कायम रहेको छ। नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार राम शरण ढुंगानाले १ हजार ८५ मत लिएर अग्रस्थानमा रहेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले ९ सय ३६ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका हरि थापाले ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा अगाडि बढिरहेका छन् भने राप्रपाका राजु फुयाँलले ३२ मत प्राप्त गरेका छन्। कागेश्वरी मनाेहरामा ३५ हजार ४ सय ९३ मतदाता रहेका छन्। ९ वटा वडा रहेको उक्त नगरपालिकामा १७ हजार ३ सय ६० जना पुरुष मतदाता छन् भने १८ हजार १ सय ३३ जना महिला मतदाता रहेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार