नेभिगेशन
समाचार

डडेलधुरा : देउवाकै वडामा कांग्रेस ‘क्लिन स्विप’

डडेलधुरा - प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडा मै नेपाली कांग्रेस पराजित भएको छ । डडेलधुराको गन्यापधुरा १ रुवाखोलामा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेस बीपीका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन्। उनले ६७३ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत पाए । यो वडाका कुनै पनि सदस्यमा कांग्रेस उम्मेदवार विजयी हुन सकेनन् । डडेलधुरामा कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल समुह करुवा चिन्ह लिएर चुनाबमा उठेको छ । मल्ल समुहले नेकपा एमालेसँग तालमेल गरेको छ । कांग्रेसले मल्ललाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार