नेभिगेशन
समाचार

तेह्रथुममा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा : कतै गठबन्धन अघि, कहिं एमालेलाई अग्रता

तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकाको मेयरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर १ र २ को गणना चल्दै गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अर्जुन तुम्बाहाम्फेले ४८८ मत पाएका छन् भने उनलाई एमालेका उम्मेदवार सञ्जय तुम्बाहाम्फेले ४६९ मतसहित पछ्याइरहेका छन् । सञ्जय यसअघिका मेयर समेत हुन् । यस्तै उपाध्यक्षमा गठबन्धनका पावर्ती सानु डाँगीले अग्रता लिएकी छन् । म्याङलुङ्गमा १० हजार १८५ मत खसेको छ । यस्तै, मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनकुमार लुम्फुवाँले अग्रता लिएका छन् । वडा नम्बर १ को ४ सय मत गणना हुँदा लुम्फुवाँले १९५ मत पाएका छन् । एमालेका उम्मेदवार यादव खापुङ्गले १६३ मत पाएका छन् । उपाध्यक्षमा एमालेका उम्मेदवारको अग्रता छ । मेन्छ्यायेममा ४ हजार २ सय ७४ मत खसेको छ । यसैगरी, छथर गाउँपालिकामा पनि प्रतिस्पर्धा देखिएको छ । ४०० मत गन्दा एमालेका एमालेका उम्मेदवार सन्तोष तिगेलाले १९० पाएका छन् भने गठबन्धनका उम्मेदवारले १७२ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । सन्तोष अहिलेका गाउँपालिका अध्यक्ष हुन् । उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले २०० र एमाले उम्मेदवारले १८१ मत पाएका छन् । छथरमा ७ हजार ८४३ मत खसेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार