नेभिगेशन
समाचार

दार्चुला अपिहिमाल- १ मा गठबन्धनका उम्मेदवार विजयी, पालिकामा पनि गठबन्धनकै अग्रता

दार्चुला - दार्चुलाको अपिहिमाल गाउँपालिका-१ मा गठबन्धनका पोखरसिंह लोथ्यारसहितको प्यानल विजयी भएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा लोथ्यार १८३ मतसहित विजयी भएका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । लोथ्यार कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए । त्यस्तै पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले २०२ मत ल्याएका छन् भने एमालेका धर्मानन्द मन्यालले १२३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले १६६ र एमालेकी उर्मिला बोहोराले १२१ मत ल्याएकी छन् । अहिले दार्चुलाको अपिहिमाल, मार्मा नौगाड, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकामा मतगणना भइरहेको छ । व्यास गाउँपालिका-१ को मतपेटिका ल्याउन हेलिकप्टर आउँदै छ । २ वटा नगरपालिकामा आजबाट गणना हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार