नेभिगेशन
समाचार

जनकपुर उपमहानगरमा बागीले लिए अग्रता, बुटवलमा कांग्रेसलाई राप्रपाले पछ्याउँदै

जनकपुर - जनकपुर उपमहानगरपालिकामा आज (शनिबार) बिहानैबाट मतगणना शुरु भएको छ । शुरुमा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याएका छन् । मत गणनाका क्रममा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत खसेको छ । स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ । एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ । बुटवलमा ८३ मतसहित कांग्रेसको अग्रता, राप्रपाले पछ्याउँदै बुटवल उपमहानगरपालिकामा करिब २ सय मत गणना भएको छ । जसमध्ये कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ८३ मत प्राप्त गरेका छन् । उनी अग्रस्थानमा छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ४५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेकपा एमालेका बाबुराम भट्टराई ३३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार