नेभिगेशन
समाचार

नार्पाभूमिकाे अध्यक्षमा कांग्रेसका लामा विजयी

मनाङ - मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । ४८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो । मनाङका दुई पालिकाका दुई वडामा एमाले र स्वतन्त्रका उमेदवार निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले दुई वडाको मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएको जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मिङमार गुरुङले १६२ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत पाए । त्यस्तै, नार्पाभूमि गाउँपालिका-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार फुन्चोक वङगे लामाले ४१ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी फुन्जो पासाङ लामाले २१ मत पाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार