नेभिगेशन
समाचार

६ वटै महानगरको मतगणना शुरु हुँदै

काठमाडौं - स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ । चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपालिकाको मतगणना आजबाट शुरु गर्ने गरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो । काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा शुरु हुँदैछ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको मतगणना पनि आज बिहान ८ बजेबाट नै प्रारम्भ गर्ने सर्वदलीय सहमति जुटेको छ । उता, विराटनगर महानगरपालिकाको पनि बिहान ८ बजेबाट मतगणना हुँदैछ । त्यस्तै पोखरा महानगरपालिकाको मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । ललितपुर महानगरपालिकाको मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । यस्तै वीरगञ्ज महानगरपालिकाको मतगणना पनि आजैबाट शुरु हुने बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार