नेभिगेशन
समाचार

कर्णालीका सभामुख माथि हातपात

काठमाडौँ – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीमाथि हातपात भएको छ।  ठाँटिकाँध गाउँपालिका वडा नं ६ स्थित मालिका मावि पाँचाला मतदान केन्द्रका झडप भएपछि सभामुख शाहीमाथि हातपात भएको हो।  नेपाली कांग्रेसका कार्यकर्ताले बोकेर मतदान गर्न ल्याएका एक जना मतदाताको मत सभामुख शाहीका स्वकीय सचिवले एमालेको चिन्हमा मतदान गरेपछि झडप भएको थियो। झडप शान्त पार्न गएका नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाहलाई पनि मतदान स्थलमा छिर्न दिइएको छैन। उनी अहिले मतदान स्थल छोडेर भागेको स्थानीयको भनाइ छ।  स्थानीयका अनुसार सभामुख शाहीलाई मतदान केन्द्रकै एक हलमा राखिएको छ भने उनका स्वकीय सचिवलाई नजिकैको घरमा बन्द गरेर राखिएको छ। स्थितिलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।  करिब २ घण्टा जति रोकिएको मतदान पुनः सञ्चालनमा आएको छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार