नेभिगेशन
समाचार

स्थानीय तह निर्वाचन : ११ः१५ बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान जारी छ । ७५३ पालिकाका लागि भएको मतदानमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११ः१५ सम्मको अपडेटमा औसत २५ प्रतिशत मत खसेको जानकारी दिएका छन् । ‘अहिलेसम्म औसत २५ प्रतिशत मत खसेको छ’, प्रवक्ता पौडेलले भने । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार