नेभिगेशन
समाचार

झडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

हुम्ला - स्थानीय निर्वाचनका क्रममा झडपमा परी घाइते मतदान अधिकृतलाई ल्याउन नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताएका छन् । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार