नेभिगेशन
समाचार

स्थानीय तह निर्वाचन : डोटीमा करिब २५ प्रतिशत खस्यो मत

डोटी - डोटीमा अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार करिब २० देखि २५ प्रतिशत मत खसेको पाइएको छ । मतदान शान्तिपूर्ण तरिकाबाट सञ्चलन भइरहेको छ । बिहान ७ बजेदेखि नै सबै मतदान केन्दहरूमा मतदान शुरू भएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए । मौसमले समेत साथ दिएका कारण मतदान उल्लासपूर्ण वातावरणमा भइरहेको काफ्लेले बताए । डोटीका अधिकांश मतदान केन्द्रहरूमा सबैभन्दा वृद्ध व्यक्तिबाट मतदान शुरू गरिएको बताइएको छ । डोटीको शिखर नगरपालिका-५ तिजाली स्थित राधाकृष्ण माविको मतदान केन्द्रमा ९५ वर्षीय वृद्ध चेतराज ओझाबाट मतदान गराएर सुरू मतदान प्रक्रिया सुरू भएको छ । डोटीमा एक सय ७१ मतदान केन्द्र रहेका छन भने एक सय १५ मतदान स्थलहरू छन् । डोटीमा मतदाताको संख्या एक लाख २३ हजार पाँच सय ५४ रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार