नेभिगेशन
समाचार

आमाको भोट छोराले हाल्ने विषयमा विवाद हुँदा गोरखामा झडप

गोरखा - गोरखाको गण्डकी गाउँपालिका-७ को ज्ञानमार्ग मावि मतदान केन्द्र ‘ख’ मा छोराले आमाको भोट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले मतदान स्थगित गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको मतदान अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए । अहिले सेना घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार