नेभिगेशन
समाचार

१०५ वर्षीय बखतबहादुर कार्कीले गरे मतदान

मोरङ - मोरङको ग्रामथान गाउँपालिका-२ मा १०५ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भए पनि मतदान गर्न पाएकोमा गर्व लाग्ने गरेको बताए । अब आउने जनप्रतिनिधिले ज्येष्ठ नागरिकको हित हुने काम गर्नुपर्ने कार्कीको सुझाव छ । उनी सिमसिम परेको पानीमा रुझ्दै मतदान केन्द्रसम्म पुगेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार