नेभिगेशन
समाचार

विप्लवले शिवराज नगरपालिका-९ को आधारभूत विद्यालयबाट मतदान गर्दै

कपिलवस्तु - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले स्थानीय तह चुनावमा कपिलवस्तुबाट मतदान गर्दैछन् । कपिलवस्तुको शिवराज नगरपालिका-९ स्थित मतदान केन्द्रबाट मतदान गर्ने तयारी भएको हो । नेकपा केन्द्रीय सदस्य भेषराज भुसाल अनुसार विप्लवले शिवराज नगरपालिका-९, भगवानपुरस्थित आधारभूत राष्ट्रिय विद्यालयबाट मतदान गर्नेछन् । भुसालले भने, ‘विप्लव कमरेडले कतिबेला मतदान गर्नु हुन्छ समय टुंगो लागेको छैन । तर, पार्टीले चुनावका पक्षमा नीति लिएपछि मतदान भने गर्नु हुन्छ ।’ नेकपाले केन्द्रीय सदस्य भेषराज भुसाललाई शिवराज नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार बनाएको छ । उनले आफूले भने मतदान गरिनसकेको बताए । भुसालले शिवराज नगरपालिका-३ स्थित चनैयाँ उपस्वास्थ्य चौकीस्थित मतदान केन्द्रबाट मतदान गर्ने बताए । भुसालले भने, ‘अहिले मतदान केन्द्रमा भिड पनि रहेको र अन्य केन्द्रमा घुमिरहेकाले केही समयपछि मतदान गर्छु ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार