नेभिगेशन
समाचार

काठमाडौँको चुनावी सभा अघि ओली मोरङमा

काठमाडौँ– स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्न पाइने अन्तिम दिन आज राजनीतिक दलका नेताहरुको दौडधूप बढेको छ । प्रचारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङ पुगेका छन् । मोरङको मिक्लाजुङस्थित मधुमल्लामा नेकपा एमालेले बृहत् चुनावी सभाको आयोजना गरेको छ । उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन गरेका छन् । आजै एमालेले काठमाडौँमा अन्तिम चुनावी सभा गर्दैछ । उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । स्थानीय निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी रहँदा नेताहरु चुनावी सभामा व्यस्त छन् । आजै मध्यरातिबाट मौन अवधि सुरु हुने भएकाले पाँच दलीय गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेसहित अन्य दलका शीर्ष नेताहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार