आईपीएलमा चेन्नईको तेस्रो जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङसले तेस्रो जित निकालेको छ । पुनेमा आइतबार राति सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै चेन्नईले तेस्रो जित निकालेको हो । चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि निकोलस पुरनले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । कप्तान केन विलियम्सनले ४७ रन बनाए । अविशेक शर्माले ३९ रन जोडे । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन जोडेको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले ९९ रनको अर्धशतकीय इनिङ खेले । डेभोन कोन्वेले अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले । कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए । हैदरावादका टी नटराजनले २ विकेट लिए । जितसँगै ९ खेलमा ६ अंक जोडेको चेन्नई नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३९
प्रतिक्रिया दिनुहोस्