चार खेल अगावै रियललाई ला लिगाको उपाधि

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलले ४ खेल अगावै ला लिगाको उपाधि कब्जा गरेको हो । रियलको यो ३५ औं ला लिगा उपाधि पनि हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । खेलको ३३ औं र ४३ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए । यस जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ । दोस्रो स्थानको सेभियासँग रियलले १७ अंकको दूरी बनाएको छ । स्पानियोल ३९ अंक जोडेर १४ औं स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:४०
प्रतिक्रिया दिनुहोस्