गुजरातल‍े बैंग्लोरलाई ६ विकेटले हरायो

बुधबार, मंसिर ७, २०७९
मुम्बई— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स्‌ल‍े रोयल च्यालेञ्जर्स बैंग्लोरलाई पराजित गरेको छ। मुम्बईको ब्राबोन स्टेडियममा भएको खेलमा गुजरातले बैंग्लोरलाई ६ विकेटले हराएको हो। टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो। बैंग्लोरका लागि विराट कोहलीले ५८, रजत पाटिदारले ५२ र ग्लेन म्याक्सवेलले ३३ रन बनाए। बलिङतर्फ गुजरातका प्रदीप साङ्वनले दुई तथा मोहम्मद शामी, रासिद खान र लोकी फर्गुसनले समान एक विकेट लिए। १७१ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको गुजरातले १९ ओभर ३ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। गुजरातको जितमा राहुल तेबतियाले ४३, डेभिड मिलरले ३९, शुभमन गिलले ३१, ऋद्धिमान शाहले २९ र साइ सुदर्सनले २० रन बनाए। जारी प्रतियोगितामा ९ खेलमध्ये ८ मा जित निकाल्दै १६ अंक जोडेको गुजरात अंकतालिकाको शीर्ष स्थानमा छ। १० खेलबाट १० अंक जोडेको बैंग्लोर पाँचौँ स्थानमा छ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्