जिम्बाबेसँग खेल्ने टी-२० टोली घोषणा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ—क्यानले सन्दीप लामिछानेको नेतृत्वमा १७ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अदिल अन्सारी, करण केसी, सोमपाल कार्मी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, वशिर अहमद, लोकश बम र भीम सार्की छन्। यसअघि शुक्रबार एकदिवसीय टोली घोषणा गरिएको थियो। आजदेखि शुरू हुने तय गरिएको एकदिवसीय खेल वर्षाले अवरुद्ध भएको थियो। अब जिम्बाबेसँगको एकदिवसीय खेल वैशाख १८ गतेदेखि शुरू हुनेछ। दोस्रो वैशाख १९ गते र तेस्रो खेलमा वैशाख २१ गते हुनेछ। त्यस्तै, टी-२० अन्तर्गत वैशाख २३, २४ र २६ गते तीन वटा खेल हुनेछन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्