नेपाल र जिम्बावे 'ए' भिड्दै, वर्षाले खेल सुरु हुन ढिलाइ

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– नेपालले आज पहिलो एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ : ३० बजे खेल सुरु हुने भनिए पनि वर्षाका कारण ढिलाइ भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो । आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । जिम्बावे 'ए' पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । एकदिवसीयपछि नेपालले टी-ट्वान्टी सिरिज खेल्नेछ । टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्