स्टार्सवर्गसँग बराबरीमा रोकियो पीएसजी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्टार्सवर्गले बराबरी खेलेका छन् ।

लिग वान फुटबलको च्याम्पियन बनिसकेको (पीएसजी) स्टार्सवर्गसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

शुक्रबार राति भएको खेलमा केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै स्टार्सवर्गलाई सुरुआती अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए ।

खेलको ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ को अग्रता दिलाए ।

७५ औं मिनेटमा पीएसजीका मार्को भेराट्टीले आत्मघाती गोल गरेपछि खेल ३-२ को स्थितिमा आयो ।

त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका एन्थोनीले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो ।

यस बराबरीसँगै ३५ खेलमा ७९ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्