नेभिगेशन
खेलकुद

सलाहलाई ‘फुटबलर अफ द इयर’ अवार्ड

काठमाडौँ– इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड जितेका छन्। यस सिजनको उत्कृष्ट खेलाडी बन्दै सलाहले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन् । एसोसिएसनले शुक्रबार इजिप्टका सलाहलाई ‘फुटबलर अफ द इयर’ घोषित गरेको हो । २९ वर्षीय सलाहले यस सिजन ३१ प्रिमियर लिग खेलमा २२ गोल गरिसकेका छन् । यस्तै १३ असिस्ट रहेको छ । यस सिजन लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद