आईपीएल : लखनउको छैटौँ जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ ।

पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाब किङ्सलाई २० रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि जोनी बेयर्सटोले ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए ।

ऋषि धवन २५ रनमा अविजित रहदा लियाम लिभिङस्टोनले १८ रन जोडे ।

लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पान्डयले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो ।

लखनउका लागि क्विन्टन डी ककले ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए ।

पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिए ।

लखनउको यो छैटौं जित हो ।

लखनउले ८ खेलमा १२ अंक जोडेको छ । पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।

पन्जाब सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्