लाइपजिग र फ्रांकफर्ट विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आरबी लाइपजिग र फ्रांकफर्ट जित निकालेका छन् ।

बिहीबार राति भएको खेलमा जर्मन क्लब लाइपजिगले रेन्जर्सलाई १-० गोलले पराजित गर्दा फ्रांकफर्टले इंग्लिस क्लब वेष्ट ह्यामलाई २–१ ले हराएको हो ।

लाइपजिग्को जितमा एन्जेलिनोले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै वेस्ट ह्याम भने पहिलो लेगमा पराजित भएको छ ।

फ्रांकफर्टको जितमा एन्स्गर कनुफ र दाइची कमाडाले एक एक गोल गरे ।

वेस्ट ह्यामका एन्टोनियोले एक गोल फर्काए ।

फ्रांकफर्टले घरेलु मैदानमा हुने दोस्रो लेगमा वेष्टह्यामलाई कम्तिमा बराबरीमा रोके झण्डै ४२ वर्षपछि युरोपा लिगको फाइनलमा स्थान पक्का गर्नेछ ।

जर्मन क्लब फ्रांकफर्टले यसअघि बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्