आईपीएल : कोलकातामाथि दिल्लीको जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको हो ।

कोलकाताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा डेभिड वार्नरले ४२ रन जोडे । यस्तै रोभम्यान पावेलले अविजित ३३ रन जोड्दा अक्षर पटेलले २४ रन बनाए ।

ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे ।

कोलकाताका उमेश यादवले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ खेले । कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन जोडे ।

दिल्लीका कुलदिप यादवले ४ तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

जितसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

कोलकाताले ९ खेलमा ६ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्