लिभरपुलले भिल्ला रियललाई २–० गोल अन्तरले हरायो

बुधबार, मंसिर ७, २०७९
लण्डन—च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई २–० गोल अन्तरले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको हो । खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो । खेलको ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । पहिलो लेगमा २–० गोलको अग्रता लिएको लिभरपुललाई फाइनलमा पुग्न दोस्रो लेगमा बराबरी खेलेमा पनि पुग्ने छ भने भिल्ला रियलले भने गोल अन्तरको जित निकाल्नुपर्ने छ । दुई टोलीबीचको दोस्रो लेग आउँदो मे ४ मा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ । लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्ला रियलले अहिलेसम्म उपाधि जितेको छैन ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०७
प्रतिक्रिया दिनुहोस्