अल्मुताइरीविरुद्ध फुटबल खेलाडीको विद्रोह, १० जनाले छाडे प्रशिक्षण

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गरेका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीको व्यहारप्रति टिमका मिडफिल्डर रोहित चन्दले आपत्ति जनाएका थिए । मुख्य प्रशिक्षकको व्यवहारपछि रोहितले प्रशिक्षणमा नजाने निणर्य गरेका थिए । त्यसपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य ९ जना खेलाडी मंगलबार बेलुका होटलबाट बाहिरिएको थिए ।

रोहितसँगै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगरलगायतका खेलाडी बाहिरिएको बताइएको छ । बाहिरिएका खेलाडी राष्ट्रिय टिमको फेसबुकको ग्रुप पनि छाडेको बताइएको छ । कुवेतमा हुने एसियन कप-२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण शुरु गरेको थियो ।

प्रशिक्षण शुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने ठोकुवा गरेका थिए । छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूणर् खेल खेल्ने तालिका थियो । नेपाली टोली त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलमा बसेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०७
प्रतिक्रिया दिनुहोस्