एन्फाको महिला फुटबल संघको अध्यक्षमा पेमा निर्वाचित

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - पेमा लामा अखिल नेपाल फुटबल संघ (एन्फा)को महिला फुटबल संघको अध्यक्षमा निर्वाचित भएकी छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा उनले विमला पौडेललाई ठुलो मतले पराजित गरेकी हुन् । पेमाले ४२ भोटमध्ये ३६ भोट पाएकी छिन् भने पौडेलले ६ भोट पाएकी हुन् । यस्तै संघको उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठले ३८ भोटसहित, लुना प्रधानले ३५ भोटसहित र कमला हिराचन थकालीले ३४ भोटसहित उपाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४१
प्रतिक्रिया दिनुहोस्