दुई बलिया टिम रियल र सिटी भिड्दै, खेल रोमान्चक हुने

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - यूईएफए च्याम्पियन्स लिग अन्तर्गत हुने सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिड भीड्दैछन् । खेल सिटीको घरेलु मैदान इतिहादमा नेपाली समयअनुसार मंगलबार मध्यराति पौने १ बजे हुनेछ । सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली र रियल स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा रहेको टीम भएकाले यी दुईको प्रतिस्पर्धालाई चासोको रुपमा हेरिएको छ । यस खेलको दोस्रो लेग रियलको घरेलु मैदानमा ४ मे मा हुनेछ भने फाइनल खेल अर्को महिना फ्रान्स राजधानी पेरिसमा हुनेछ । पहिलो लेग अघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र रियलका प्रशिक्षक कार्लो एन्सेलोटी दुबै आ(आफ्नो बलियो एघारलाई मैदानमा लइाउने तयारीमा छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४२
प्रतिक्रिया दिनुहोस्