मुम्बईको लगातार आठौं हार, लखनउ चौंथो स्थानमा उक्लियो

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार आठौं हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।

लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए ।

तिलक वर्माले ३८ रन जोड्दा केइरन पोलार्डले १९ रन जोडे ।

लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।

लखनउका कप्तान केएल राहुलले अविजित रहदै १ सय ३ रनको शतकीय इनिङ खेले ।

मनिस पाण्डेले २२ रन जोड्दा आयुसले १४ रन बनाए । मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले २/२ विकेट लिए । यससँगै जारी सिजन लखनउले पाँचौ जित निकालेको छ ।

नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक जोडेको छ । लखनउ चौंथो स्थानमा उक्लिएको छ ।

मुम्बई ८ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । यस सिजन मुम्बई जित विहीन रहने एक्लो टोली हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५८
प्रतिक्रिया दिनुहोस्