वाटफोर्डविरुद्ध म्यानचेस्टर सिटीको फराकिलो जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिभरपुलसँग ४ अंकको दूरी बनाएको छ । शनिबार राति भएको खेलमा वाटफोर्डमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै म्यान सिटीले लिभरपुलसँगको अंक दूरी बढाएको हो । म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले चार गोल गरे । जिससले खेलको चौथो, २३औं, ४९औं र ५३औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै एक गोल रोड्रीले थपे । वाटफोर्डका लागि एक गोल हासान कमाराले फर्काएका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ८० अंक भएको छ । त्यस्तै वाटफोर्डको भने ३३ खेलमा २२ अंकसहित लिगमा १९औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४१
प्रतिक्रिया दिनुहोस्