दिल्लीलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २०७ रनमा समेटियो । दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७-३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, रोभमन पावेलले ३६ र श्रदुल ठाकुरले १० रन बनाए । त्यसैगरी राजस्थान रोयल्सका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाउदै २२२ रन बनाएको थियो । राजस्थानका लागि यस आईपिएलमा तेस्रो शतक प्रहार गरेका जोस बटलरले ११६ रन बनाएका थिए । त्यस्तै देवदत्त पादिक्कलले ५४ रन बनाए भने कप्तान सन्जु सामसनले अविजित ४६ रन बनाए । यो जितपछि राजस्थान रोयल्सले ७ खेलमा पाँचौ जित हासिल गर्दै १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको हो । तालिको शीर्ष तीन नम्बरमा रहेका राजस्थानसँगै गुजरात र बैंगलोरको पनि समान १० अंक रहेको छ । तर नेट रनरेटको आधारमा राजस्थान पहिलो स्थानमा छ भने गुजरात दोस्रो र बैंगलोर तेस्रो स्थानमा छ । दिल्ली भने ७ खेलमा चौथो हारसहित ६ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्