आईपीएल : चेन्नेईको रोमाञ्चक जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बईमाथि चेन्नेईले रोमाञ्चक जित दर्ता गरेको छ ।

बिहीबार राति चेन्नेईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गर्‍यो ।

महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै चेन्नेईलाई जित दिलाए । उनले तीन चौका र एक छक्काको मदतले नटआउट रहदै चेन्नेईलाई जित दिलाए । उनैले विजयी चौका प्रहार गरेका थिए ।

चेन्नेईको जितमा आम्बाती रायडुले सर्वाधिक ४० रन बनाए । रोविन उथप्पाले ३० रनको योगदान दिए । ओपनर रुतुराज गाइवाड शुन्य रनमा पोलियन फर्किदा मिचेर स्यान्टनरले ११, सिवम दुबेले १३ र कप्तान रविन्द्र जडेजाले तीन रन बनाए ।

ड्वेन प्रिटोरियसले २२ रनको महत्वपुर्ण इनिङ्स खेले ।

मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ र जयदेव उनादकटीले २ र रिले मेरेडिथले १ विकेट हात पारे ।

यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । तिलक वर्माले नकआउट ५१ रन बनाएको इनिङ्समा सुर्यकुमार यादवले ३२ रन जोडेका थिए ।

ऋतिक सोकिनले २५ रनको योगदान दिए । अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोहित शर्मा र इशान किशान शुन्य रनमा पोविलियन फर्किएका थिए ।

चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए । ड्यान ब्राभोले २ तथा मिचेल स्यान्टनर र महेश दिक्षानाले समान एक एक विकेट हात पारे ।

यस सिजन मुम्बईको खराब नतिजा जारीनै छ । मुम्बई सुरुवाती ७ चरणका खेल सकिदाँ जितविहीन छ । मुम्बई शून्य अंकसहित तालिकाको पुछारमा छ । चेन्नेई दोस्रो जित सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्