नेभिगेशन
खेलकुद

ओसासुनालाई पराजित गर्दै रियल उपाधि नजिक

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो । रियलको जितमा डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे। ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए । शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ। ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद