नेभिगेशन
खेलकुद

घरेलु मैदानमै बार्सिलोना स्तब्ध

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना घरेलु मैदानमै स्तब्ध भएको छ । क्याम्प नाउमा सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० ले पराजित भएको हो । खेलको ४८ औं मिनेटमा लुकास परेजले गरेको गोल नै काडिजका लागि निर्णायक बन्यो । यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ । बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ६ अंकको अग्रताका साथ रियल मड्रिड शीर्ष स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद