रोनाल्डोलाई पुत्र शोक, नवजात जुम्ल्याहा मध्ये एकको मृत्यु

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुत्र शोक परेको छ ।

हालै जन्मिएका नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको हो ।

रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये छोरोको मृत्यु भएको बताएका छन् । जुम्ल्याहा जन्मिएकी छोरी भने स्वस्थ रहेको उनले जानकारी दिएका छन् ।

रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।

यस अघि पनि जुम्ल्याहा सन्तान पाएको यो दम्पत्तीको चार बच्चा अगाडि नै थिए ।

 
View this post on Instagram
 

A post shared by Cristiano Ronaldo (@cristiano)

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५७
प्रतिक्रिया दिनुहोस्