लिभरपुल एफए कपको फाइनलमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । इब्राहिमा कोनाटेको नाममा एक रह्यो । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक एक गोल फर्काए । वेम्बली स्टेडियममा इब्राहिमाले नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै टोलीको अग्रता २-० को बनाए । ४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-० ले अघि रह्यो । खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३-२ ले विजयी भयो । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्