म्यानचेस्टर सिटी सेमिफाइनलमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौं— म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । पेप ग्वार्डिओलाको सिटीले बुधबार राति स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–० को अग्रता लिएको सिटीले समग्रमा १–० को विजय हासिल गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पछिल्लो समय संघर्ष गरिरहेको एट्लेटिको मड्रिडका अग्रपंक्तिले गएराति पनि विपक्षी रक्षापंक्ति तोड्न सकेनन् । जसका कारण रंगशालामा उपस्थित घरेलु समर्थक निराश भएर फर्किनु परेको थियो । यससँगै सिटी लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भयो । सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा छ । गत सिजनको उपविजेता सिटीले अब फाइनल प्रवेशका लागि स्पेनकै अर्को क्लब रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्