बैंगलोरले तेस्रो जित निकाल्दा मुम्बईको चौंथो हार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित दर्ता गरेको छ । पुनेमा शनिबार राति भएको खेलमा बैंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै पुरा गरेको हो । बैंगलोरका लागि अनुज रावत ६६, विराट कोहलीले ४८ रन बनाए भने कप्तान फाप डु प्लेसिस १६ रनमा समेटिए । मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एकएक विकेट हात पारे । २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६ रन जोडे । बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । अंक जोड्न नसकेको मुम्बईको यो चौंथो हार हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०१
प्रतिक्रिया दिनुहोस्