नेभिगेशन
खेलकुद

पेड्रीको निर्णायक गोलमा बार्सिलोनाको जित

काठमाडौँ - १९ वर्षीय युवा खेलाडी पेड्रीको उत्कृष्‍ट गोलको मद्दतले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित खेलेको बार्सिलोनाका लागि खेलको ७२ औँ मिनेटमा डेम्बेलेको पासमा पेड्रीले निर्णायक गोल गरेका हुन् ।

जितसँगै २९ खेलमा ५७ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिँदै उपाधिको आशा जीवितै राखेको छ ।

सेभिया ५७ अंक जोडेर चौंथो स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद