कतार विश्वकपको ड्र आज

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन 'ड्र' आज हुँदैछ । कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ । 'ड्र' नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकपका लागि २९ राष्ट्र छनोट भईसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्नेछ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । विश्वकपमा छनोट भएका राष्ट्र : कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन, पोर्चुगल, मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, अमेरिका, क्रोएसिया,सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया, ट्युनिसिया, क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२२
प्रतिक्रिया दिनुहोस्