नेभिगेशन
खेलकुद

आइसिसी टी–२० ब्याटिङ वरीयतामा कुशलको दुई स्थान सुधार, सन्दीपको स्थान खस्कियो

काठमाडौं - नेपाली क्रिकेट टोलीका कुशल भुर्तेलले आइसिसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । बुधबार आइसिसीले सार्वजनिक गरेको वरीयतामा कुशलले दुई स्थान सुधार गरेका छन् भने टोलीका कप्तान सन्दीप लामिछानेको एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ३१औं स्थानमा रहेका कुशल यसपटक २९औं स्थानमा उक्लिए छन् । यस्तै सन्दीप ३७औं स्थानमा रहेका छन् । वरीयताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तान कै अर्का ब्याटर मोहम्मद रिजवान नै रहेका छन् । यस्तै वरियाताको तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्यान्डका डेविड कोनवे रहेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद