त्रिकोणात्मक टी-२० शृङखला : नेपाल र पीएनजी भिड्दै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिवि क्रिकेट मैदानमा यी दुई टिमबीच दिउँसो १२:३० बजे खेल सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी-ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । तर, पीएनजीलाई हराउँन सहज छैन । यसअघि नेपाल र पीएनजी एक पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल लजास्पद हार व्यहोर्न पुगेको थियो । डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । टी-२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई/दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२१
प्रतिक्रिया दिनुहोस्