रियल मड्रिडमाथि बार्सिलोनाको सानदार जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडमाथि प्रभावशाली जित निकालेको छ । आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले रियललाई ४-० गोल अन्तरले हराएको हो । बार्सिलोनाले लामो समयपछि रियल मड्रिडविरुद्ध रवाफिलो जित हात पारेको हो । रियलको मैदानमा बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक औबामेयाङले दुई गोल गरे । रोनाल्ड अरुजो र फेरान टोरेसले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । खेलको ४७ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए । यस जितसँगै बार्सिलोनाले २८ खेलमा ५४ अंक जोडेको छ । बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ । रियल ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्