मेस्सी मैदानमा उत्रिदा पनि पीएसजी पराजित, मोनाकोले हान्यो ३ गोल

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - आइतबार साँझ फ्रेन्च लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पीएसजी एएस मोनाकोसँग ३-० गोलले पराजित भएको हो । उक्त खेलमा मोनाकोका लागि विसाम बेन येडरले दुई गोल र केभिन भोलन्डले एक गोल गरेका हुन् । खेलमा मेस्सी मैदानमा उत्रिदा पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । पराजित भए पनि पीएसजीको शीर्षस्थानमा १५ अंकको अग्रता रहेको छ । यस्तै पीएसजीको २९ खेलबाट ६५ अंक रहेको छ भने मोनाको २९ खेलमा ४४ अंकसहित सातौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्