च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, कुन-कुन भिड्दैछन् ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् । त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्दा भिल्लारियलले बायर्न म्युनिखको चुनौती पेस गर्नेछ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् । क्वाटरफाइनल चरणका खेलहरू ५ र ६ अप्रिलमा पहिलो लिग र१२ र १३ अप्रिलमा दोस्रो लेग हुनेछ । सेमिफाइनलको पहिलो लिग २६ र २७ अप्रिलमा तथा दोस्रो ३ र ४ मेमा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ । क्वाटरफाइनल: चेल्सीविरुद्ध रियल म्याड्रिड म्यानचेस्टर सिटीविरुद्ध एटलेटिको म्याड्रिड भिल्लारियलविरुद्ध बायर्न म्युनिख बेन्फिकाविरुद्ध लिभरपुल
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्