नेभिगेशन
खेलकुद

लिलेलाई पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा

काठमाडौँ - युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी क्वाटरफाइनल प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। लिलेले ३८ औं मिनेटमा बुरक इलमाजको पेनल्टीमार्फत खेलमा अग्रता बनाएको थियो। तर चेल्सीले पहिलो हाफमानै खेलमा फर्किने क्रममा पहिलो हाफको अतिरिक्त समयमा क्रिश्टियन पुलिसिकको गोलमार्फत बराबरी गर्‍यो । पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा कप्तान सेसर एपिलिकुएटाले टोलिलाई अग्रता दिलाए। पहिलो लेगमा चेल्सीले २-० को जित निकालेको थियो। अब क्वाटरफाइनल ड्र शुक्रबार हुने छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै