नेभिगेशन
खेलकुद

'बी' डिभिजन लिग : मध्यपुरमाथि जित निकाल्दै सरस्वती शीर्ष स्थानमा

काठमाडौँ - सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगमा सरस्वती युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ। 

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वती शीर्ष स्थानमा उक्लिएको हो ।

लिगमा सरस्वतीको यो तेस्रो जित हो । जितसँगै ५ खेलबाट ११ अंक जोडेको  छ । सरस्वतीले दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

यता ५ खेल खेलेको मध्यपुरको यो चौथों पराजय हो । एक खेल जितेको मध्यपुरको तीन अंक भएपनि तालिकाको पुछारमा छ ।  

सरस्वतीलाई जित दिलाउन सुनम धिमाल र कुमार डोंगले एक–एक गोल गरे । 

मध्यपुरका लागि एकमात्र गोल सजिन थापा मगरले गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै