नेभिगेशन
अर्थतन्त्र विविध

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ - साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध