बार्सिलोना गालातासारेसँग रोकियो

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । 

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्